काठमाडौं । खोटाङको दिपूूङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राईले सयौँ विद्यार्थीको भविष्य अन्धाकारमा पार्ने गरी शिक्षा क्षेत्रमा लापरबाही गर्ने जो कोहीमाथि पनि कडा कारबाही गर्ने चेतावनी दिएका छन् । अध्यक्ष राईले गत शनिबार गाउँपालिकाभित्रका सबै प्रध्यानाध्यापकहरुलाई बैठकमा बोलाएर शिक्षा सुधारमा लागेको गाउँपालिकाले गरेको निर्णय भन्दा बाहिर कुनै पनि किसिमका शैक्षिक क्षेत्रलाई असर गर्ने गतिविधि नगराउन र नगर्न निर्देशन समेत दिएका हुन् ।
अध्यक्ष राईले सोही गाउँपालिकाभित्रको वडा नं. ७ टेम्मास्थित शान्ति माविले गाउँपालिको निर्देशनलाई वेवास्ता गरी मनोमानी ढङगबाट वडास्तरीय फुटबल प्रतियोगिता आयोजना गर्न विद्यालयको खेल मैदानमा उपलब्ध गराई विद्यार्थीको पढाइ प्रभावित गराएको भन्दै प्रध्यानाध्यापक ,विद्यालय व्यावस्थापन समिति र शिक्षकहरुमाथि अनुसन्धान गरी आवश्यक कारबाही गर्ने बताएका छन् । गाउँपालिकाले दिएको निर्देशन नमान्ने सोही विद्यालयका सम्पूर्ण शिक्षकहरूको १ दिनको तलब काट्ने निर्णय गरेको भन्दै चौतर्फी आलोचना भएपछि अध्यक्ष राईले गाउँपालिकाभित्रका सम्पूर्ण प्रध्यानाध्यापकहरुलाई बैठकमा भेला गराएर यस्तो चेतावनी दिएका हुन् । गाउँपालिकाको आग्रहलाई वेवास्ता गर्दै विद्यालयले खेलमैदान उपलब्ध गराएर नियम उल्लङघन गर्नु गरैजिम्मेवारी भएकाले अनुसनधान गरी आवश्यक कारबाही गर्ने अध्यक्ष राईको भनाइ छ । अध्यक्ष राई दिप्रूङ चुईचुम्मा गाउँपालिकाको समग्र शैक्षिक सुधारमा प्रयत्नशील भएर लागि परेका छन् ।
गाउँपालिका अध्यक्ष राईका अनुसार गाउँपालिकाभित्र वडामा खेलमैदान हुँदाहुँदै उक्त विद्यालयले विद्यालय परिसभित्र फुटबल खेल्न खेलमैदान उपलब्ध गराएको थियो । गाउँपालिकाले उक्त विद्यालयका अभिभावक, विद्यालय व्यावस्थापन समिति , प्रध्यानाध्यापक तथा शिक्षकहरुलाई समेत खेल मैदान उपलब्ध नगराउन र विद्यार्थीहरुको पठन पाठनमा बाधा नपार्न बारम्बार आग्रह गरेको थियो । तर सो विद्यालयले गाउँपालिको निर्णयलाई नजरअन्दाज गरी अघि बढेपछि गाउँपालिका अध्यक्ष राईले सबैलाई सचेत गराउँदै आगामी दिनमा त्यस्ता गतिविधिमा संलग्न भएको पुष्टि भए अनुसन्धान गरेर आवश्यक कारबाही गर्ने चेतावनी दिएका हुन् ।
उक्त विद्यालयले गाउँपालिकाको निर्देशनलाई वेवास्ता गरी विद्यालय परिसरमा खेलको आयोजना गरेपछि विद्यार्थीहरुको पठन पाठनमा मात्रै बाधा भएको थिएन्,गाउँपालिकाले समेत आलोचना भोग्नु परेको थियो ।उक्त विषयलाई लिएर समाजिक संचालनमा समेत टिक्का टिप्पणी भएका थिए । यस्तै अध्यक्ष राईले गाउँपालिकाको निर्णय भन्दा बाहिर रहेर समाजमा द्वन्द्व भड्काउने र भ्रम छर्ने किसिमका गतिविधि पनि नगर्न सबैलाई निर्देशन दिएका छन् । सामाजिक संजालमा गाउँपालिकालाई विवादमा ल्याउने र प्रमाणित गर्ने नसकिने कुराहरु समेत सार्वजनिक नर्गन गाउँपालिका अध्यक्ष राईले सबैलाई आग्रह गरेका हुन्।
यस्तै गाउँपालिकाभित्रका केही विद्यालयका शिक्षकहरुले प्रध्यानाध्यापकको निर्देशन, बार्षिका कार्य पात्रो, दैनिक पाठ योजना र शिक्षक आचारसंहिताको समेत पालना नगरेको बुझिएको छ । सोही कारण गाउँपालिकाले समय–समयमा विद्यार्थीहरुको गुणस्तर , विद्यालयको गतिविधिका बारेमा अनुगमन गर्न समेत आवश्यक देखिएको छ । त्यसैले गाउँपालिकाले अनुगमन गरी त्यस्तो गतिविधिमा संलग्न भएको पाइएमा जो कोहीमाथि पनि कारबाही गरी नैतिक शिक्षा दिन आवश्यक छ ।
https://www.facebook.com/61558967855938/videos/1655551522032137
https://www.facebook.com/61558967855938/videos/464527650024623




