काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका बाग्लुङको ढोरपाटनका मेयर देवबहादुर नेपालीविरुद्ध १ करोड ५४ लाख ४९ हजार ८३९ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
आइतबार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जिल्ला अदालत कास्कीमा दायर गरेको अभियोत्रपत्रमा उल्लेख गरिएको छ । मेयर नेपाली सूर्यदर्शन सहकारीको उपाध्य पदमा रहेका बेला अपचलन भएकोमध्ये उक्त डेढ करोड रकम नेपालीले अपचलन गरेका थिए । २०६७ पुस ६ देखि २०६८ मंसिर १७ सम्म सूर्यदर्शन सहकारीको उपाध्यक्ष उनी रहेका थिए ।
नेपाली बाग्लुङकै इमेज सहकारीको २ अर्ब बढी रकम अपचलन आरोपमा पुर्पक्षमा अहिले बाग्लुङ कारागारमै छन् । यस्तै सूर्यदर्शन सहकारीमा पनि उनीविरुद्ध मुद्दा दायर भएको छ ।




