काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा नयाँ दिल्ली पुगेकी छन् । उनी आज बिहान भारतको राजधानी नयाँ दिल्ली पुगेकी हुन् । जर्मनीको राजधानी बर्लिनबाट बुधबार प्रस्थान गरेकी उनी आज बिहान नयाँदिल्ली पुगेकी हुन्।
नयाँदिल्लीस्थित विमानस्थलमा बिहान साढे ८ बजे ओर्लिएकी परराष्ट्रमन्त्री राणालाई भारतस्थित नेपाली दूतावासका अधिकारीहरूले स्वागत गरेका थिए।
केही दिन भारतमा रहँने राणाले समकक्षी एस जयशंकर लगायतसँग भेटवार्ता गर्ने सम्भावित कार्यसूची छ । दिल्लीमा परराष्ट्रमन्त्री राणा एक सार्वजनिक कार्यक्रममा सहभागी हुनेछिन् ।




