काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ।
ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बैठक जारी रहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
उनका अनुसार बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमणबारे जानकारी, उपनिर्वाचनको समीक्षा, पार्टीको आन्तरिक तथा समसामयिक राजनीतिक विषयमा छलफल चलिरहेको छ।