राजनीति

एमालेको सचिवालय बैठक सुरु

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ।

ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बैठक जारी रहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

उनका अनुसार बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमणबारे जानकारी, उपनिर्वाचनको समीक्षा, पार्टीको आन्तरिक तथा समसामयिक राजनीतिक विषयमा छलफल चलिरहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *