काठमाडौं। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले मोहन वैद्यलाई महासचिव चयन गरेको छ । मङ्सिर १३ देखि २३ गतेसम्म काठमाडौंमा भएको महाधिवेशनले वैद्यलाई सर्वसम्मतिले महासचिवका रुपमा चयन गरेको हो ।
मङ्गलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पार्टीले महाधिवेशनबाट सङ्गठनात्मक दृष्टिकोणले महासचिवीय प्रणालीमा जाने, पूर्ण केन्द्रीय समिति ११७ जनाको, ९५ जनाको वैकल्पिक केन्द्रीय सदस्य राख्ने, केन्द्रीय परिषद् समेत बनाउने निर्णय गरेको जनाएको छ ।
पार्टीले राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरुलाई लिई पार्टीको स्वतन्त्र पहल र कार्यगत एकता एवम् संयुक्त मोर्चा गरी संघर्षका कामलाई अगाडि बढाउँदै लैजाने निर्णय गरेको छ ।