देश

उपनिर्वाचन : उपप्रधानमन्त्री सिंहले गरे मतदान

काठमाडौं । स्थानीय तहको उपनिर्वाचन अन्तर्गत उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले मतदान गरेका छन् । उनी काठमाडौं महानगरपालिका–१६ का मतदाता हुन् ।

उपप्रधानमन्त्री सिंहले पकनाजोलस्थित युवक मावि मतदान केन्द्रमा पुगेर मतदान गरेको उनको सचिवालयले जनाएको छ। काठमाडौं–१६ मा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष मुकुन्द रिजालको निधन भएपछि उपनिर्वाचन भएको हो । यहाँ उपनिर्वाचनका लागि २१ हजार २६ मतदाता कायम छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *