राजनीति

एमालेको जागरणसभा : भद्रकाली बाट शुरु भएको र्‍याली दरबारमार्ग पुग्यो

काठमाडौं । नेकपा (एमाले) को आज काठमाडौंमा भएको जागरणसभाको र्‍याली भद्रकाली बाट प्रारम्भ भई दरबारमार्गमा पुगेर कोणसभामा परिणत भएको छ ।

र्‍यालीमा ‘अघि बढ, ओली सरकार’, ‘कुप्रचार र गलत सूचना त्यागौँ : तथ्य र सत्यलाई आत्मसात गरौँ’, ‘अराजकता सहिन्नः सहिष्णुता छोडिन्न’, ‘निराशा छोड्ने होः आशा र समृद्धि बाँड्ने हो’, ‘प्रतिगमन र पश्चगमन मानिँदैनः प्रगतिशील र अग्रगमन छाडिँदैन’ लगायतका नारा गुञ्जिएको छ ।

एमालेको जागरणसभा दरबारमार्गमा पुगेपछि एमाले राष्ट्रिय जनसांस्कृतिक महासङ्घले गीत गाएर सभालाई स्वागत गरेको छ । सभामा जनसांस्कृतिक महासङ्घका कलाकार भीमसेन खतिवडाले ‘देश बनाउन ढिला भो, उठौँ साथी हो, समयले कोल्टे फेर्‍यो जुटौँ साथी हो’ बोलको गीत गाउँदै स्वागत गरे ।

सभामा विभिन्न स्थान बाट र्‍याली याली आउने क्रम जारी छ । सभालाई एमाले अध्यक्ष के.पी. शर्मा ओली लगायतले दिउँसो साढे १ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *