मुख्य समाचार

गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै संसद्‍‍मा कांग्रेसको घेराउ र नाराबाजी

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्मा नाराबाजी गरेको छ ।

सहकारी ठगीमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाएको भन्दै कांग्रेसले उनको राजीनामा मागेर संसद् अवरुद्ध गरेको हो ।

दोस्रो पटक बसेको बैठकमा सभामुख देवराज घिमिरेले लाछिानेलाई राजनीतिक दल सम्बन्धी ऐन प्रस्तुत गर्न अनुमति दिएका थिए । सभामुखले अनुमति दिएलगत्तै कांग्रेस सांसदले बेल घेराउ गर्दै सदन अवरोध गरेका हुन् ।

उनीहरुले गृहमन्त्री राजीनामा दे, सहकारी पीडितलाई न्याय दे लगायतका नाराबाजी गरी वेल घेराउ गरेका हुन् । कांग्रेसको अवरोधसँगै प्रतिनिधि सभाको अर्को बैठक आइतबार ११ बजे बस्नेगरी स्थगित भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *