देश

खाद्य विभागका अधिकृत घुस प्रकरणमा दोषी ठहर, तोकियो सजाय र जरिवाना

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकृत योगेन्द्र ढुंगेल घुस लिएको आरोपमा दोषी ठहर भएका छन् । विशेष अदालतले शुक्रबार ढुंगेललाई दोषी ठहर गरेको हो ।

ढुंगेललाई ८ महिना कैद र एक लाख ५० हजार रुपैयाँ जरिवाना सुनाएको अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए । ढुंगेललाई एक लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको थियो । उनीविरुद्ध अदालतमा बयान फेरेको आरोप लागेका ज्ञानहरि लामा पनि दोषी ठहर भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *