देश

तुलसीपुरबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना

दाङ। दाङबाट काठमाडौं जाँदै गरेको बस घोराही-लमही सडक खण्डमा दुर्घटनामा परेको छ ।

बसमा सवार ३२ जना सबै यात्रुहरू सकुशल रहेका छन् । बिहिवार दाङको तुलसीपुरदेखि काठमाडौं जाँदै गरेको रा१ख ३१३२ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भइ लमही नगरपालिका वडा नम्बर ६ कुलमोहर नजिक दुर्घटनामा परेको थियो ।

सामान्य दुर्घटना भएको र कुनै मानवीय क्षति नभएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख शंकर श्रेष्ठले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *