देश

शीतल निवासबाट पाँच महिनापछि राष्ट्रपति पुगे निजी निवास (तस्बिरहरू)

काठमाडौँ । राष्ट्रपतिमा निर्वाचित भएको पाँच महिनापछि रामचन्द्र पौडेल निजी निवास पुगेका छन् । उनी शनिबार बिहान शीतल निवासबाट निजी निवास काठमाडौंस्थित बोहोराटार पुगेका हुन् ।

पौडेल गत वर्षको फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए । राष्ट्रपति बनेपछि पहिलोपटक घर पुगेका पौडेलले छिमेकीसहित आफन्त र शुभचिन्तकसँग भलाकुसारी गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *