काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐन संसोधन गर्न बनेको विधेयक २०८० प्रमाणीकरण गरेका छन् ।
संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको सो विधेयक संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।





