राजनीति

बालुवाटारमा सत्तारुढ सात दलको बैठक जारी

काठमाडौँ । बालुवाटारमा सत्तारुढ सात दलको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेर अघिबाट बैठक बसिरहेको हो ।

बैठकमा प्रमुख प्रतिपक्षले हिजोबाट गरेको संसद् अवरोध, मिटरव्याजविरुद्धको अध्यादेश निष्क्रिय भएको र समग्र सरकारकारका कामकारबाहीबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा, नेकपा एकीकृत समाजवादी, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीका नेताहरू सहभागी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *