काठमाडौं । वाग्मती प्रदेश सरकारले चार राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनको विकास गर्ने भएको छ ।
प्रदेशमा रहेका राष्ट्रिय निकुञ्जमा दिगो पर्यटन विकासको बलियो आधार प्रदान गर्न चार वटा निकुञ्जलाई छनोट गरिएको प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले जनाएको छ ।
प्रदेशका लाङटाङ, शिवपुरी–नागार्जुन, चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा पर्यापर्यटन प्रवर्धन गर्ने तयारी गरिएको प्रदेश मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले जानकारी दिए ।
यी चार निकुञ्ज क्षेत्रका जैविक विविधता, वन्यजन्तु अवलोकन, पदयात्रा र प्रकृतिमैत्री पर्यटनका लागि अत्यन्त उपयुक्त रहेको उनले बताए ।
चार वटै निकुञ्ज क्षेत्रमा पर्यापर्यटन प्रवद्र्धनका लागि आधार तय गर्ने गरी काम सुरु गरिएको मन्त्रालयले जनाएको छ ।




