देश

सुख्खा पहिरो खसेपछि अरुण नदी थुनियो

संखुवासभा । निर्माणाधिन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनास्थल फ्याक्सिन्दामा सुख्खा पहिरो खसेपछि अरुण नदी थुनिएको छ ।

आईतबार बिहानदेखि सुक्खा पहिरो खसिरहेकाले अहिले डाइभर्सनबाट नदीको पानी बगाउने प्रयास भइरहेको छ । अरुण थुनिएपछि अरुण तेस्रोमा ड्यामसाईडको काम ठप्प भएको छ ।

निर्माणस्थलमा निर्मित टनेल थुनिएपछि अहिले आयोजना पक्षले ड्यामसाइडबाट नदीको पानी फ्लो गराउने प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।

सुक्खा पहिरो खसिरहेकाले नियमित मार्गबाट नदीको बहाव गराउन केही समय लाग्ने देखिएको छ ।

नदी थुनिएको स्थल खतराबाट बाहिर रहेको प्रहरीले जनाएको छ । प्रहरी घटनास्थलमा पुगिसकेको र स्थानीय बासिन्दा पनि सक्रिय रहेकाले नियमित मार्गबाट नदीलाई बगाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *