समाचार

माछापोखरी : आन्दोलनकारीले जलाए अस्थायी प्रहरीको बिट

काठमाडौं । आन्दोलनरत यातायात मजदुरले माछापोखरीमा स्थापित अस्थायी प्रहरी बिटमा पनि आगो लगाएर आगजनिक गरेका छन् ।

आज दिउँसो यातायात व्यावसायी र प्रहरीबीच आन्दालन निरन्तर हुँदै अवस्था झन गम्भिर अवस्था सिर्जना भएको छ । दिउँसो एक बजेदेखि नै यस क्षेत्रमा आन्दोलनरत मजदुरहरुले केहीबेर अघि प्रहरीका दुई वटा भ्यान जलाइसकेका छन । प्रहरीविरूद्ध आक्रामक रुपमा प्रस्तुत भएका आन्दोलनकारीहरुले भर्खरै अस्थायी प्रहरी बिटमा पनि आगजनी गरेका छन् ।

आन्दोलनकारीहरुले ट्राफिक प्रहरीले सडक व्यवस्थापनमा राखेको डिभाइडर, चोकमा प्रहरी उभिने आइल्याण्ड लगायतका संरचनामा समेत आगो लगाएका छन् । यतिबेला प्रहरी घटनास्थलमा पुगेको छ । केही सेल अश्रुग्याँस प्रहरीले आन्दोलकारीमाथि चलाएको छ । जवाफमा प्रर्दशनकारीहरुले प्रहरीमाथी ढुंगामुढा गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *