काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गृहमन्त्रालय आफ्नो नै हुने दाबी गरेको छ । सर्वोच्च अदालतले १३ माघमा नागरिकता विवादमा रवि लामिछानेको सांसद पद खारेज गरेसँगै उनको गृहमन्त्री पद पनि गुमेको थियो । तर सर्बोच्चको आदेशअनुसार लामिछानेले काठमाडौंमा जिल्ला प्रशासन कार्यलयमा गएर पुनः नागरिकता कायम गरकाले रास्पाले गृहमन्त्रालयको भाग रबिकै हुने दाबी गरेको छ ।
रास्वपाले भागवण्डामा गृहमन्त्रालय पाएको बताउँदै रास्वपा प्रवक्ता मुकुल ढकालले, ‘त्यो मन्त्रालय हाम्रो पार्टीले पाएको हो । हाम्रो गृहमन्त्रालयमा दाबी रहन्छ ।’
गृहमन्त्रीमा रास्वपाले कसलाई पठाउने भनेर तय गरिसकेको छैन । ‘गृहमा हाम्रो दाबी रहन्छ । तर अहिले कस्लाई पठाउने भन्ने विषयमा छलपल नभएको बताएको छ ।




