काठमाडौँ । आगामी माघ ५ गते हुने प्रतिनिधिसभाको सभामुख पदको चयनका लागि निर्वाचन तालिका सार्वजनिक भइसकेको छ ।
गएको मंगलबार प्रतिनिधिसभाका ज्येष्ठ सदस्य तथा सभाध्यक्ष पशुपति शमशेर राणाले सभामुखको निर्वाचनको मिति घोषणा गरेर राणाले संसद सचिवालयका महासचिव महासचिव भरतराज गौतमलाई माघ ३ गतेभित्र निर्वाचनको तयारी गर्न निर्देशन दिएका थिए ।
सो पदका लागि निर्वाचनको कार्यतालिका घोषणपछि अहिले सभामुख पद निर्वाचनका लागि फेरी अर्को माहोलले देशमा धुन खोजिरहेको छ ।
नेकपा माओवादी केन्द्र र एमालेबीच प्रधानमन्त्री र सभामुख आलोपालो गर्ने सहमतिपश्चात सोहीअनुसार अहिले माओवादी केन्द्रले प्रधानमन्त्री पद पाएको छ भने सभामुख पदका लागि नेकपा एमालेबाट बन्ने बन्ने निश्चित भएको छ । तर देशकोलागि को हुन सभामुख भनेर चिन्ने दिन आउन चाँही बाँकी नै छ । अब सभामुख पद चयनका लागि तोकिएको निर्धारित समय ८ दिन बाँकी छ । अहिले प्रतियोगितामा सहभागि हुने धेरै भएपनि प्रथम प्रतियोगि सफलभएको हेर्न बाँकी नै छ ।
अहिले एमाले नेताहरु सभामुख पदकोका लागी भागदौडमा लागिपरेका छन् । निर्वाचनको समय नजिकै आएपनि अहिलेसम्म नेकपा पाटी अध्यक्ष केपी ओलीले कसैलाई पनि प्रस्ताव गरेका छैनन भने ओलीको प्रस्ताव सुन्नलाई एमाले नेताहरु आतुर छन् । सभामुख जस्तो गरिमामय पद हात पार्न एमाले नेताहरु जोडघटाउमा लागेका छन् । तर, ओली निकट नेता गोकुल बास्कोटाले भने सभामुखका विषयमा कुनै पनि छलफल नभएको बताउँदै आएका छन् । सहि समयमा पाटी अध्यक्षको निर्णयलाई नै आधार बनाएर जाने बास्कोटाको भनाइ रहेको छ ।
सभामुख पदका लागि एमालेबाट उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त , सचिव छविलाल विश्वकर्मा, र विद्या भट्टराइ आकांक्षी रहेका छन् । पार्टीमा यी चार जना नेताले खुलेर सभामुखका आफ्नो उमेद्वारी रहेको बताएका छन । ओलीले सभामुख बनाउँदा आफ्नो विश्वास पात्र नेतालाई मात्रै सभामुख बनाउने धेरैको बुझाइ रहेको छ ।
पाटीभित्रबाट सभामुख पदका लागि धेरैले उमेदवारी दिनेभए पनि पार्टीको अंकगणीत जोड घटाऊ पछि मात्र निश्चित गरेर चयन गर्न सकिने अहिलेको वर्तमान अवस्थाले विश्लेषण गरेको छ । तर पाटीले माघ ५ गते अघि स्पष्ट धारणा राख्दै ठोस निर्णय बाहिर ल्याउने छ । वर्तमान राजनितिक घटनाक्रमले पनि अहिले पाटी अध्यक्षले हावको भरमा नबोलेको धेरैले आंकलन गरेका छन् ।




