समाचार

वैदेशिक रोजगार वोर्डको कार्यकारी निर्देशकमा उप्रेती

काठमाडौं ।वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा डा‍. द्वारिका उप्रेती नियुक्त भएका छन्।

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले उप्रेतीलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो।

उप्रेती नेपाल खेलकुद महासंघ समाजवादीका केन्द्रीय सदस्य तथा मधेश प्रदेश इन्चार्ज हुन्। यसअघि बोर्डको कार्यकारी निर्देशकमा राजन प्रसाद श्रेष्ठ थिए। उनको ४ वर्षे कार्यकाल सकिएपछि उप्रेतीलाई नियुक्त गरिएको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *