राजनीति

प्रदीप गिरिको निधनमा उपराष्ट्रपतिबाट शोक व्यक्त

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

गिरिको निधनबाट देशले एक जना समाजवादी विचारक, बौद्धिक नेता गुमाएको उनले बताएका छन् ।

गिरि भौतिक रुपमा विदा भए तापनि उनको विचार र देशको लागि पु¥याएको योगदानले उनी सधैँ सधैँका लागि बाँचिरहने समेत उपराष्ट्रपतिले बताएका छन् ।

उपराष्ट्रपति पुनले दिवंगत गिरिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *