समाचार

नयाँ आयोजना सञ्चालन नगर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र बजेटमा नतोकिएका कुनै पनि नयाँ आयोजना तथा कार्यक्रम सञ्चालन नगर्न निर्देशन दिएको छ ।

मतदातालाई प्रभावित पार्न सक्ने भन्दै आयोगले आयोगले तीनै तहका सरकारहरूलाई यस्तो निर्देशन दिएको हो ।

निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रभाव पार्ने प्रदेश निर्वाचन पूर्वाधार विकास कार्यक्रम वा पूर्वाधार विकास कार्यक्रम वा सोही प्रकृतिका योजना र बजेटमा नतोकिएका कुनै पनि नयाँ आयोजना तथा कार्यक्रमहरू सञ्चालन तथा कार्यान्वयन नगर्न–नगराउन नेपाल सरकार, सातै प्रदेश र सबै स्थानीय तहलाई निर्देशन दिएको विज्ञप्तीमा जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *