देश

डुम्रे–बेँसीसहर सडक २ दिनपछि सुचारू

लमजुङ । बाढीपहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडकखण्ड सञ्चालनमा आएको छ ।

बेँसीशहर नगरपालिका–१ रिठ्ठेबगरमा पहिरो हटाएसँगै आज बिहानदेखि यातायात सञ्चालन भएको हो । शुक्रबार रातिदेखि पहिरोले उक्त सडक अवरुद्ध भएको थियो ।

पहिरो हटाएसँगै २ दिनदेखि थन्किएका सवारी सञ्चालनमा आएको सडक योजना कार्यालयका सूचना अधिकारी पुरुषोत्तम अधिकारीले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *