समाचार

जसपा विभाजनतर्फः बाबुरामले अघि सारे अबको गन्तव्यबारे दुई विकल्प

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनतर्फ औपचारिक रुपमा अघि बढेको छ । मंगलबार अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समूह छुट्टाछुट्टै भेलाको आयोजना गरेर पार्टी विभाजनका लागि औपचारिक रुपमा अघि बढेका हुन् ।

जडिबुटीस्थित रोयल जडिबुटी ब्याङक्वेटमा डा. भट्टराई समूहको भेला भइरहेको छ । भेलामा भट्टराईसहित महेन्द्र राय यादव लगायतका नेताहरु सहभागी छन् । बिस्तारित बैठकमा ४९९ सदस्यीय केन्द्रीय समितिका २३० जना भन्दा बढी केन्द्रीय सदस्य सहभागी भएको जसपा नेताहरूकाे दाबी छ ।

बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै भट्टराईले अबको बाटोबारे दुई विकल्प अघि सारेका छन् । उनका अनुसार पहिलो- नयाँ ढंगले वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानलाई अघि बढाउने र दोस्रोमा विचार, नीति, कार्यक्रम मिल्ने निकटतम् शक्तिहरुसंग सहकार्य र एकीकरण गर्दै जाने ।

अब पार्टी पुनर्गठन अनिवार्य भएको उनकाे भनाई थियाे । ‘हामीसंग जसपाको बैधानिक बहुमत रहे वा नरहेको दुबै अवस्थामा पार्टीको पुनर्गठन एक अनिवार्य तथा अपरिहार्य ऐतिहासिक आवश्यकता बन्न पुगेको छ । पार्टी पुनर्गठन के कसरी गर्ने ? यसबारे कुनै ठोस र मूर्त निर्णय गर्ने अधिकार यसै विस्तारित बैठकको अधिकार हो । तसर्थ यो बिषयमाथि गम्भीर, सघन र विहबगम विचार, बिमर्श गर्ने र कुनै निर्णयमा पुग्ने कार्यभार यही बैठक सामु छोड्न चाहन्छु ।’ उनले भनेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *