समाचार

सत्र डीआईजीको पदस्थापन, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौँ । गृह मन्त्रालयले बढुवा गरेका १७ जना डीआईजीको पदस्थापन गरेको छ । प्रदेश-१ मा सुदिप गिरी, बागमती प्रदेशमा किरण बज्राचार्य, गण्डकीमा रामदत्त जोशी र कर्णालीमा पोषराज पोखरेललाई पदस्थापन गरिएको छ ।

डीआईजी मीरा चौधरीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा पदस्थापन गरेर काज सरुवा गरिएको छ । चौधरीलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । आइतबार गृहमन्त्री बालकृष्ण खाँणले डीआईजी पदस्थापनको निणर्य गरेका हुन् ।

डीआईजी वसन्त कुँवरलाई कार्य विभाग, टेकप्रसाद राईलाई आईजीपीको सचिवालय, अशोक सिंहलाई विशेष ब्यूरो, दिपक थापा प्रबन्ध निर्देशनालय र दुर्गा सिंहलाई केन्द्रीय अनुसन्धान ब्यूरोमा पदस्थापन गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *