विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । प्रदेश प्रमुख परशुराम खापुरङले आज दिउँसो प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् ।
मंगलवार साँझ बसेको प्रदेश १ मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको ड्राफ्टलाई पारित गरिसकेकोले आज दिउँसो प्रदेश प्रमुखबाट प्रदेश सभामा पेश हुने प्रदेश सरकारका प्रवक्ता यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्र घिमिरेले जानकारी दिए ।
प्रदेश सरकारको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम आज दिउँसो २ बजे बस्ने प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख खापुङले प्रस्तुत गर्ने घिमिरेले जानकारी दिए । नीति तथा कार्यक्रमले कृषि, पर्यटन, स्वास्थ्य र भौतिक पूर्वाधारसँग जोडिएर नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको हो ।




