काठमाडौँ । राप्रपाले हिन्दुराष्ट्र, राजसंस्थाको पुनः स्थापना, भ्रष्टाचारको अन्त्य, महँगी नियन्त्रणलगायत जनजीविकासँग प्रत्यक्ष सम्बन्धित मुद्दाहरूका विषयमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ ।
बिहीबार धुलिखेलमा सम्पन्न राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको राजनीतिक एजेन्डाको पक्षमा जनमत बनाउन तथा जनजीविकासँग सम्बन्धित विषयमा दबाब सिर्जना गर्न जनपरिचालन गर्ने र सो का लागि उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरेको थियो ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शुक्रबार बसेको समितिको पहिलो बैठकले विभिन्न मागहरू समावेश गरी राप्रपाले आगामी असार १ गते ७६ जिल्ला र ७ वटा प्रदेशमा जिल्ला प्रशासन कार्यालय मार्फत र काठमाडौँमा प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाउँदै सशक्त र चरणबद्ध आन्दोलनको सुरुवात गर्ने निर्णय भएको समितिका संयोजक बुद्धिमान तामाङले जानकारी दिएका छन् ।




