काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय सभागृह पुगेका छन् ।
आन्तरिक छलफलका कारण ढिला भएको केन्द्रीय समितिको बैठकका लागि अध्यक्ष प्रचण्ड सभागृह पुगेका हुन् ।
बिहान ११ बजे तय भएको बैठक १ बजेका लागि सारिएको थियो । बैठकको एजेण्डाबारे आन्तरिक छलफल गर्नका लागि बैठक १ बजेसम्मका लागि सारिएको हो ।
बैठकमा पार्टीका पदाधिकारी चयन गर्ने तयारी गरिएको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता प्रतिनिधिसभाबाट अनुमोदनपछि माओवादीका नेताहरूबीच खटपट भएको छ ।
नारायणकाजी श्रेष्ठ लगायतका केही नेताले पार्टीभित्र ‘विद्रोह’ गर्दै छुट्टै छलफल गरेका छन् । उनीहरूले पार्टीभित्रै संघर्ष गर्ने वा छुट्टै पार्टी गठन गर्नेसम्मका विषयमा छलफल गरेका छन् ।
शुक्रबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा पनि यो समूहले नेतृत्वको कमजोरी देखाउँदै आफ्नो भनाइ राख्ने तयारी गरेको बुझिएको छ ।




