समाचार

आज विहान काठमाडौँको तापक्रम ३.६ डिग्री सेल्सियस

काठमाडौँ । काठमाडौँको आज विहानको तापक्रम ३.६ डिग्री सेल्सियस रहेको छ ।

विहान ६ बजे काठमाडौँमा ३.६ डिग्री सेल्सियस तापक्रम मापन गरिएको हो ।

दिउँसो काठमाडौँको तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद्हरुले बताएका छन् । आज दिउँसो काठमाडौँको मौसम सफा रहने छ । पारिलो घाम लाग्ने सम्भावना छ ।

पश्चिम तराई र मध्य तराईका धेरै जिल्लामा हुस्सु र कुहिरो लागेको छ । मध्याह्नसम्म उक्त हुस्सु र कुहिरो हट्ने मौसमविद् मञ्जु बताउँछिन् ।

आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिविलिटी दुई हजार मिटर रहेको छ । यो भिजिविलिटीमा अन्तर्राष्ट्रिय उडान तथा अवतरण गर्न सकिँदैन । तर, डोमेस्टिकतर्फको उडान तथा अवतरण भने यो भिजिविलिटीमा गर्न सकिनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *