समाचार

समयमा महाधिवेशन सकेर तत्काल चुनावमा जानु पर्छः कांग्रेस नेता सिंह

काठमाडौँ ।नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ताेकिएकाे समयमा महाधिवेशन सम्पन्न गरेर तत्कालै चुनावमा जानु पर्ने बताएका छन्।

विगतका कमिकमजाेरीबाट पाठ सिकेर सरकार अघि बढ्न नचाहेकाे, संसद प्रभावकारी बनेर चल्न नसकेकाले संसदीय मूल्य मान्यता अनुरुप संसदले काम गर्न नपाएपछि फ्रेस इलेक्सनमा जानु पर्ने बताएका हुन्। कांग्रेस काठमाडौं महानगर २२ वडामाले आज आयाेजना गरेकाे कार्यक्रममा बाेल्दै उनले यस्ताे बताएका हुन्।


झन्डै दुईतिहाई जनमत पाएकाे सरकार विधि नमानेपछि र कानुनभन्दा म माथि बसेपछि जे गरे पनि हुन्छ भनेकाले बाहिरिएकाे भन्दै उनले ओली सरकार असफल किन भयाे भन्ने बुझेर अहिलेकाे सरकारले काम गर्नु पर्ने बताए।

उनले गत चुनाव अगाडि आईजिपी प्रकरण र प्रधानन्यायाधीशमाथिकाे महाअभियाेगले जनतामा कस्ताे प्रभावित पर्याे भन्ने कुरा नबिर्सिनसमेत अपिल गरेका छन्। देउवा सरकार ले यतिका दिन लगाएर पूर्णता पाएपछि उठेका गम्भीर प्रश्नमाथि ख्याल ख्याल साेच्न नहुनेसमेत बताए।

पार्टीभित्रका केही मान्छेहरुका गलत कार्यकाे सिङ्गो पार्टीले मूल्य चुकाउनु पर्ने भन्दै पदमा बस्नेले जे मन लाग्याे गर्ने अनि जनतामा हामीले जवाफ दिँदै ढाकछाेप गर्नु पर्ने भन्दै कडा असन्तुष्टि व्यक्त गरेका छन्।

पार्टीभित्रकाे एउटा समूह सुरुदेखिनै आफूविरुद्ध गलत भ्रम फैलाउन लागेकाे भन्दै गणेशमान र मंगलादेवीकाे छाेरा भएर विरासतकाे राजनीति गर्याे भन्ने आराेपकाे पनि कडा प्रतिवाद गरेका छन्।

आफू सभापतिकाे तयारीमा लागेपछि केही नियाेजितरुपमा आफू विरुद्ध गलत प्रचार गर्न लागेकाे, प्रकाशमान लाई कहिले नेवारवाद लगाउने कहिले काठमाडौंसँग मात्रै जाेड्ने गरेकाे भन्दै यसप्रति आपत्ती व्यक्त्त गरेका छन्।

नेता सिंहले अवसर पाएर काम गर्न नसक्नेहरुकाे गुनगान गाएर आफ्नु स्वार्थ पुरा गर्ने जमातका कारण पार्टी र लाेकतन्त्र कमजाेर बनेकाे भन्दै गलत कुरालाई आफूले सही भन्न नसक्ने बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *