समाचार

कांग्रेसद्वारा पर्साको क्रियाशील सदस्यता विवरण सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले पर्सा जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरेको छ ।

केन्द्रीय निर्वाचन समितिले आज पर्साको विवरण सार्वजनिक गरेको हो । पर्साको सदस्यता विवरण सार्वजनिक भएसँगै प्रदेश नम्बर दुईमा अब तिन जिल्लाको मात्रै विवरण सार्वजनिक हुन बाँकी छ । कांग्रेसले सिराहा, धनुषा, महोत्तरी, सर्लाही र पर्साको विवरण सार्वजनिक गरेको हो ।

अब प्रदेश नम्बर दुईका सप्तरी, रौतहट र बाराको सदस्यता विवरण सार्वजनिक हुन बाँकी रहेको छ भने बाग्मती प्रदेशको रसुवाको क्रियाशील सदस्यता विवरण सार्वजनिक हुन सकेको छैन । क्रियाशील सदस्यता विवरण सार्वजनिक भएका जिल्लासहित विवरण सार्वजनिक हुन बाँकी रहेका जिल्लामा समेत दशैंअघि विवाद समाधान गर्ने कांग्रेसको तयारी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *