काठमाण्डाैं।
वैंकिङ कसुरमा फरार ब्यक्तिलाइ प्रहरीले समातेकाे छ।
विहिवार ४६ बर्षिय राम खडकालाइ प्रहरीले हात्तीगाैंडाबाट समातेकाे हाे । वैंकमा पर्याप्त रकम नभइ भुक्तानी दिनुपर्नेहरूलाइ चेक दिएर पटक पटक झुक्याएकाे भन्दै खडकालाइ ९ दिन कैद सजाय ताेकिएकाे थियाे।
बैंकिङ कसूर मुद्दाका पटके फरार प्रतिवादी काठमाडौं मनोहरा नगरपालिका-२का ४६ वर्षीय खड्कालाई पाटन उच्च अदालतले कैद जरिवाना ताेकेकाे थियाे। गत वैशाख १४ गते खडकालाइ ९ दिन कैद र ९ लाख रुपैयाँ जरिवाना ठहर गरेकाे थियाे ।
तर उनी अचानक फरार भए । उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले वुधवार पक्राउ गरेकाे थियाे । पक्राउ परेका राम खडकालाइ फैसला कार्यान्वयनकाे लागि प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेश गरेकाे जनाएकाे छ ।




