समाचार

प्रधानमन्त्री देउवा पुगे खोपकेन्द्र, सहज रुपमा खोप लगाउने प्रबन्ध गर्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिडविरुद्ध सञ्चालन भएको खोपकेन्द्रको निरीक्षण गरेका छन् । उनी सोमबार बिहान नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीको खोप केन्द्रको स्थलगत गर्न पुगेका थिए ।

खोपकेन्द्रको अनुगमन गर्दै देउवाले खोप सहज रुपमा लगाउने प्रबन्ध गर्न निर्देशन पनि दिएका छन् ।

उनले आफ्नो सरकारको प्राथमिकता सबैलाई कोरोनाविरुद्धको खोप भएको पनि बताएका छन् । ‘मेरो सरकारको प्राथमिकता सबैलाई कोरोनाविरुद्धको खोप हो । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीको खोप केन्द्रको स्थलगत अनुगमन गरेको छु। खोप सहज रुपमा लगाउने प्रवन्ध गर्न निर्देशन पनि गरेको छु,’ देउवाले ट्विटमा उल्लेख गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *