देश

कांग्रेस सांसद रमेशजंग रायमाझीले भने, केपी ओली यो देशको हिटलर हो ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले असंवैधानिक कदम चाल्ने प्रधानमन्त्री केपी ओलीलाई यो देशको हिटलर हो भनेर प्रश्न सोधेका छन् ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै नेता रायमाझीले प्रधानमन्त्री ओलीले मनपरी गरेको, बहुमतको प्रधानमन्त्री हुँदाहुँदै प्रतिनिधिसभा भंग गरेको, आफू प्रतिनिधिसभा सदस्य नभए पनि प्रधानमन्त्रीको कुर्सीमा बसेको, अदालतलाई प्रभाव पार्ने काम गरेको, आफूखुसी मन्त्रिपरिषद् विस्तार गरिरहेको भन्दै उनलाई मानसिक सन्तुलन गुमेको भन्न मिल्ने कि नमिल्ने ? भन्दै सदनसमक्ष प्रश्न गरेका छन् ।

उनले पाँच वर्षसम्म सरकार चलाउँछु भनेर भोट मागे पनि अहिले चलाउन नसकेको भन्दै अब कुन ढंगले आगामी निर्वाचनमा जाने भनेर ओलीको आलोचना गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *