समाचार

भोलि बस्ने राष्ट्रिय सभा बैठकमा प्रमुख दलका नेताहरूले सम्बोधन गर्ने, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रिय सभाको बैठक शुक्रबार दिउँसो बस्दैछ । सरकारले पुस १७ गतेका लागि राष्ट्रिय सभा बैठक बोलाउने सिफारिस गरेअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले बैठक आह्वान गरेकी थिइन् ।

बैठक बस्नुअघि राष्ट्रिय सभाका सबै सदस्यको कोरोना परीक्षण गर्न स्वाब लिने काम भइरहेको छ । बिहीबार बिहानैदेखि विभिन्न दलका सांसदले स्वाब दिएका छन् । आजैराष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक वानेश्वरमा बसेको छ ।

अधिवेशनको पहिलो बैठक भएकाले राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरुको तर्फबाट दलका नेताहरुको अधिवेशन उद्घाटनमा सम्बोधन गर्नेछन् । राष्ट्रिय सभाको अधिवेशनको पहिलो बैठकको कार्यसूचीका लागि आवश्यक परामर्श गरेको छ। जसअनुसार भोलिको बैठकमा निम्न विषयहरु प्रस्तुत हुनेछन्–

१.अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र
२. मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र
३. अध्यादेशहरु
४. राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यूबाट जारी भएको समिति गठन सम्बन्धी आदेश, २०७७
५. थारु आयोग, मधेशी आयोग, राष्ट्रिय सुरक्षा परिषद्, राज्यका निर्देशक सिद्धान्त नीति र दायित्व सम्बन्धी संवैधानिक आयोगका प्रतिवेदनहरु
६. राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको प्रतिवेदन

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *