मुख्य समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयको दाबी नछाड्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले आफ्नो पार्टी गृह मन्त्रालयको अडानबाट पछि नहट्ने बताएका छन् ।

केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि प्रवक्ता ढकालले पूर्वसहमतिअनुसार गृह मन्त्रालयमा आफूहरूको स्वभाविक दाबी भएको बताएका हुन् ।

‘गृह मन्त्रालय हाम्रो पार्टीले पाएको जिम्मेवारी हो । यो अडानबाट हामी पछाडि हट्दैनौं । र पार्टीबाट को व्यक्ति पठाउने भन्ने कुरा पार्टीको निर्णयको अधिकार हो । अन्य व्यक्ति वा पार्टीले यो पठाउनुपर्छ भन्ने होइन ।’ उनले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *