मुख्य समाचार

जनप्रतिनिधिलाई तालिम दिने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहमा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेर निर्वाचित जनप्रतिनिधिलाई दुईदिने अभिमुखीकरण तालिम दिने भएको छ।

प्रचण्ड निवास खुमलटारमा बसेको पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकले नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण तालिम दिने निर्णय गरेको हो ।

माओवादी केन्द्रले स्थानीय तहमा नवनिर्वाचित प्रमुख, उपप्रमुख, जिल्ला समन्वय समिति प्रमुख, पार्टी प्रदेश इन्चार्ज र अध्यक्षको सहभागीतामा जेठ १८ र १९ गते काठमाडौंमा स्थानीय तह अभिमुखिकरण तालीम संचालन गर्ने निर्णय गरेको हो ।

जेठ २० गने बस्ने भनिएको केन्द्रीय कमिटिको बैठक भर्चुअल माध्यमबाट सम्पन्न गर्ने र केन्द्रीय समितिको अर्को बैठक २०७९ असार १५ मा बस्ने निर्णय समेत माओवादी केन्द्रले गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *