मुख्य समाचार

जहाँ ओली पुगेर भाषण गरे त्यही एमाले पराजित

काठमाडौं । चुनावी सभाका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले भाषण गर्न हिडेका सबै स्थानमा एमाले पराजित भएको छ ।

चुनावी सभाका लागि देश दौडाहामा अध्यक्ष ओली धनगढी, विराटनगर, हेटौंडा, बुटबल, चितवन र पोखरालगाएतका स्थानमा पुगेका थिए । तर ओलीले भाषण गरेका सबै स्थानमा एमाले पराजित भएको हो । एमालेको गढ मानिने बुटबल, पोखरामा एमाले पराजित भएको छ ।

त्यसबाहेक हेटौंडा र काठमाडौं लगाएतका स्थानीय तहमा समेत एमाले पराजित भएको छ । हरेक चुनावी सभामा अध्यक्ष ओलीले एमालेको असली अबस्था स्थानीय तहको चुनावपछि थाहा पाउने उद्घोष गर्दै आएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *