काठमाडौँ । पोखरा महानगरपालिकाको मेयरका लागि आइतबार ११ जनाले मनोनयन दर्ता गराएका छन् ।
राजनीतिक दलबाट पाँच जना र स्वतन्त्रबाट ६ जनाले मेयरका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
पोखराको मेयरमा राप्रपा, नेपाल जनता दल, मौलिक जरोकीलो पार्टी, मंगोल नेशनल अर्गनाइजेशन र सचेत नेपाली पार्टीका ५ जनाले उम्मेदवारी दर्ता गराएको भएपनि प्रमुख राजनीतिक दलका तर्फबाट भने आइतबार कसैले पनि उम्मेदवारी दर्ता गराएनन् ।
स्वतन्त्रबाट भने खड्कराज पौडेल (गनेश)सहित ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपमेयरमा भने आइतबार ४ जनाले नाम दर्ता गरेका छन् ।




