मुख्य समाचार

सुरक्षा स्थितीको निरन्तर मुल्याङ्कन गर्न प्रधानसेनापति शर्माको निर्देशन

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले स्थानीय तह निर्वाचनका लागि सुरक्षा स्थितिको निरन्तर मूल्याङ्कन गर्दै काम गर्न निर्देशन दिएका छन्।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार वैशाख ३० गते हुने चुनावलाई स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सेनालाई प्राप्त जिम्मेवारीहरू उचित ढंगले कार्यान्वयन गर्न विभागीय प्रमुखहरुलाई निर्देशन दिएका हुन्।

जिल्ला प्रशासन कार्यालयहरू, प्रदेश एवं स्थानीय सुरक्षा निकायहरू तथा जिल्ला निर्वाचन आयोगका कार्यालयहरूसँग असरदार रूपमा समन्वय गर्न, देशैभरि नेपाली सेना उच्च सतर्कताका साथ रहने तथा बम डिष्पोजल टोली आवश्यकता अनुसार तयारी हालतमा राख्न समेत प्रधानसेनापतिले निर्देशन दिएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *