काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
कांग्रेसले शनिबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बेठक बोलाएको हो ।
बैठकमा स्थानीय तह निर्वाचनमा महानगर एवं उपमहानगर प्रमुख र उपप्रमुखमा उम्मेदवारीका बारेमा छलफल र निर्णय हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।




