काठमाडौं । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनलाई चुनावसम्म लैजानुपर्ने बताएका छन् ।
कांग्रेस पार्टी कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता पौडेलले अहिलेको पाँचदलीय गठबन्धनलाई चुनावसम्मै लैजानुपर्ने बताएका हुन् । उनले भने,‘यो गठबन्धनबारे केन्द्रीय समितिले नीतिगत निर्णय गर्छ । कुन स्थानीय तह कसले लिने भन्नेबारे पछि निर्णय हुन्छ ।’
शुक्रबारबाट शुरु भएको कांग्रेस केन्द्रीय समिति बैठक भोलिसम्मका लागि स्थगित भएको छ । बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले गठबन्धन कायमै राखेर जानुपर्ने धारणा राखिरहेका छन् । तर प्रदेश सभापतिहरुले भने तालमेल गर्न नहुने धारणा राखेका छन् ।




