काठमाडौं । चुनावमा सहभागी हने वा नहुने निर्णय गन नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको केन्द्रीय कमिटिको बैठक बिहिबारबाट शुरु हुँदैछ ।
बिहिबारदेखि कपिलवस्तुको शिवगढीमा बस्न लागेको केन्द्रीय कमिटिको बैठकले चुनावमा सहभागी हुने वा नहुने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ ।
मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले चुनाव वहिष्कार गर्ने निर्णय गरिसकेको छ । तर विप्लव नेतृत्वको नेकपा भने चुनावमा सहभागी हुने निर्णय गर्नसक्ने आंकलन गरिएको छ ।
विप्लव नेतृत्वको नेकपाका नेताहरुले सत्तारुढ दलका नेताहरुसँगै प्रतिपक्षी दल एमालेका नेताहरुसँग समेत पछिल्लो समय निरन्तर छलफल गर्दै आएका छन् ।




