काठमाडौं । नेकपा एमालेले आगामी चैत ९ र १० गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।
त्यसअघि चैत ७ गते पोलिट्ब्यूरो कमिटिको बैठक बस्ने र चैत १३ गते स्थायी कमिटीको बैठक पनि बोलाएको छ ।
अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको एमालेको सचिवालयको बैठकले आगामी चैत ९ र १० गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको हो ।
एमाले केन्द्रीय सचिवालयको बैठकले स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिस र निर्णय गर्ने मापदण्ड पनि पारित गरेको छ ।




