मुख्य समाचार

भीम रावलले किन अस्विकार गरे केन्द्रीय सदस्य ?

काठमाडौं । नेकपा एमालेको महाधिवेशनमा अध्यक्षमा पराजित भएका भीम रावलले केन्द्रीय सदस्यको सपथ लिन अस्वीकार गरेका छन् ।

नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए । तर ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका रावलले आफुले केन्द्रीय सदस्यका लागि उम्मेदवारी नदिएको भन्दै सपथ लिन अस्विकार गरेका हुन् ।

रावलले केन्द्रीय कमिटिमा बस्न अस्विकार गरेको भएपनि उपाध्यक्षमा पराजित भएका घनश्याम भुसालले भने केन्द्रीय सदस्यको सपथ लिएका छन् । अध्यक्ष ओलीले भने एमालेको निर्वाचन आयोगका प्रमुख डाक्टर विजय सुब्बासँग सपथ लिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *