काठमाडौं । नेपाली कांग्रेसले प्रदेशसभा अधिवेशन र केन्द्रीय महाधिवेशनको कार्यतालिकामा सामान्य हेरफेर गरेको छ ।
केन्द्रीय निर्वाचन समितिले यसअघि मंसीर २१ गते केन्द्रीय महाधिवेशनका लागि मनोनयन दर्ताको मिति तोकेको भएपनि केही परिवर्तन गरेर मंसीर २५ गतेका लागि तोकेको छ । मंसीर २४ गते मतदाता नामावली प्रकाशन गरेर मंसीर २७ गते बिहान ८ बजेबाट केन्द्रीय महाधिवेशनको मतदान गर्ने निर्णय कांग्रेसको केन्द्रीय निर्वाचन समितिले गरेको छ ।
त्यस्तै प्रदेशसभा अधिवेशनको मनोनयन समेत मंसीर १७ गतेमात्रै हुने भएको छ । मंसीर १७ गते प्रदेशसभा अधिवेशनका लागि मतदाता नामावली प्रकाशन गर्ने र मंसीर १८ गते मतदानको व्यवस्था मिलाउने निर्वाचन समितिले जानकारी दिएको छ ।





