काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्वपरराष्टमन्त्री डा.प्रकाशशरण महतले जनताबाट अनुमोदित नभईँ कांग्रेस सरकारमा नजाने बताएका छन । विहीबार नाराणछाप माविका विद्यार्थीलाई न्यानो कपडा वितरण कार्यक्रममा सहभागी सहमहामन्त्री डा. महतले जनताबाट अनुमोदित भएर मात्र कांग्रेस सरकारमा जाने बताएका हुन ।
केपी ओली नेतृत्वको कम्युनिष्ट सरकार कामप्रति समर्पित नभएको डा. महतले आरोप लगाए । सरकारले काम होइन गफ गरेर समय गुजारीरहेको डा. महतको आरोप थियो ।
समसामयिक राजनीतिक विषयको चर्चा गर्दै डा. महतले नेपाली कांग्रेसलाई अदालतको निर्णय स्वीकार्य हुने बताए । मुलुक ढिलो चाडो चुनावमा जाने र चुनावपछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने डा. महतले स्पष्ट पारे ।

डा. महतको आग्रहमा लायन्स क्लवले शिवपुरी गाउँपालिका ३ मा अवस्थित नारायणछाप माविका करिव तीन सय विद्यार्थीलाई विहीबार न्यानो कपडा वितरण गरेको थियो । न्यानो कपडा वितरण कार्यक्रमका प्रमुख अतिति डा.महतले शिक्षाको लागनी कसैले खोस्न नसक्ने भन्दै अभिभावक र विद्यार्थीलाई शिक्षाको महत्व दर्शाएका थिए ।
शिवपुरीको विकासका लागि आफू र आफ्नो पार्टी नेपाली कांग्रेसले महत्वपूर्ण भूमिका खेल्दै आएको डा. महतले बताए । शिवपुरीमा विद्युतिकरण, मध्यपहाडी लोकमार्ग निर्माण आफैन पहलमा भएको डा. महतको भनाई थियो । २०४६ सालको परिवर्तनपछि कांग्रेसको नेतृत्वमा बनेका सरकारले देशमा स्वास्थ्य चौकी, खानेपानी, विद्यालय, सडकलागायतका आधारभूत पूर्वाधार पुर्याएको डा. महतले बताए ।




