समाचार

फागुनदेखि नेपाली रेल गुड्ने, यात्रु भने चढ्न नपाउने

काठमाडौं । नेपाली रेल आगामी फागुन १ गतेदेखि गुडाइने भएको छ ।

नेपाल रेल्वे कम्पनीका अनुसार फागुन १ गतेदेखि दैनिक एकपटक रेल गुडाइने छ । तर यात्रु भने चढ्न नपाइने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार जयनगरबाट कुर्था र कुर्थाबाट जयनगरसम्म हरेक दिन रेल गुडाइने छ ।

रेल सञ्चालनमा आएपनि शुरुका दुई साता भने यात्रुलाई नचढाउने कम्पनीको तयारी छ । २०७७ साल असोज २ गते नेपाल ल्याइएको रेल गत पुस २४ गते समेत गुडाइएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *