समाचार

अबडेट: पर्वतमा बाढीले बगाएको गाडी फेला पर्‍यो , सवार २ यात्रु अझै बेपत्ता

काठमाडौ । पर्वतको कुस्मामा गएराति बाढीले बगाएको कार फेला परेको छ। बगेको ठाउँबाट डेढ किमी तल मोदी नदीमा प्र.३–०१०२३च३६४२ नम्बरको कार फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी शिवराज बुढाथोकीले जानकारी दिए।

कारमा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड निर्माणमा खटिएका लामा कन्ट्रक्सनका साइट इन्चार्ज ओभरसियर राजाराम आचार्य, कार चालक इन्द्र थारुसहितका यात्रु सवार थिए। सुरुमा प्रहरीले कारमा अर्का स्थानीयसहित तीन जना सवार रहेको जानकारी गराए पनि स्थानीयले भने कारमा ओभरसियर आचार्य र चालक चौधरीमात्रै सवार रहेका बताएका छन्।

‘मोदी नदीको बीचमा कारको केही भाग देखिएको छ,’ अहिले निकाल्ने प्रयास भइरहेका छ, बुढाथोकिले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *