ताजा समाचार

भद्रकालीको आकाशे पुलमुनि बस दुर्घटना

काठमाडौं । काठमाडौंको भद्रकालीमा आज बस दुर्घटना भएको छ । विहान साढे ७ बजे भद्रकालीस्थित आकाशे पुल मुनी बस दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।

थानकोट चन्द्रागीरी नगर यातायातको बा ३ ख ४४३७ नम्बरको बस दुर्घटनामा परेको हो । बस तिब्र गतिका कारण दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।

बसमा तीन जना सवार थिए । तर दुर्घटनामा चालक र एक जना बच्चा घाइते भएका छन् । घाइते दुवैको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइतेमध्ये चालकको अवस्था गम्भीर छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *