मुख्य समाचार

प्रदेश दुईमा मैथिली बोलिनेको संख्या ४५.३० प्रतिशत

जनकपुरधाम। प्रदेश नम्बर २ मा भाषागत अध्ययन गर्दा अन्य भाषाको तुलनामा मैथिली भाषा बोलिनेको संख्या अत्यधिक अर्थात ४५.३० प्रतिशत रहेको भाषा आयोगको रिपोर्टोले स्पष्ट पारिदिएको छ। हिजो सोमबार भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले प्रधानमन्त्री शेर वहादुर देउवालाई कामकाजको भाषासम्बन्धि प्रतिवेदन बुझाएका छन।पाँच वर्ष भित्र कामकाजको भाषाको सिफारिस गर्ने गरि २०७३ साल भदौ २३ गतेमा उक्त आयोगको गठन भएको थियोे।

आयोगले प्रदेश १ मा मैथिली र लिम्बू भाषालाई, प्रदेश दुईमा मैथिली, भोजपुरी र बज्जीका, बागमती प्रदेशमा तामाङ र नेवार, गण्डकी प्रदेशमा मगर, गुरूङ र भोजपुरी, लुम्बिनी प्रदेशमा थारू,अवधि, सुदूरपश्चिम प्रदेशमा डोटेली र थारू भाषालाई र कर्णाली प्रदेशमा एकमात्र मगर भाषालाई कामकाजको भाषाको लागि सिफारिस गरेकोछ।

प्रदेश १ मा नेपाली भाषा बोलिनेको संख्या ४३.०७ प्रतिशत, मैथिली ११.१९ प्रतिशत र लिम्बू भाषाभाषी बोलिनेको संख्या ७.३१ प्रतिशत रहेका छन भने प्रदेश दुईमा मैथिली बोलिनेको संख्या ४५.३० प्रतिशत, भोजपुरी बोल्ने १८.५८ प्रतिशत, बज्जिका बोल्ने १४.६५ प्रतिशत र नेपाली भाषाभाषीको संख्या ६. ६७ प्रतिशत रहेको छ भने बागमती प्रदेशमा १८.३२ प्रतिशत तामाङ र १२.३० प्रतिशत रहेको नेवार छ भने यश प्रदेशमा नेपाली भाषाभाषीको संख्या ५७. ४२ प्रतिशत रहेकोछ।

त्यस्तैविधि गण्डकी प्रदेशमा ९.०३ प्रतिशत मगर, ७.८५ प्रतिशत गुरुङ,७. ०७ प्रतिशत भोजपुरी भाषी रहेको छ भने यश प्रदेशमा ६७. ८८ प्रतिशत नेपाली भाषी बसोवास गर्दैछन् । लुम्बिनी प्रदेशमा १३.१५ प्रतिशत थारू,११.५२ प्रतिशत अवधि र नेपाली भाषीको संख्या ५४.७० प्रतिशत रहेको छ। सुदूरपश्चिम प्रदेशमा ३०.४५ प्रतिशत रहेको डोट्याली,१७.०१ प्रतिशत थारू र नेपाली भाषीको संख्या ३०.१८ प्रतिशत रहेको छ भने कर्णाली प्रदेशमा मगर भाषीको संख्या २.२६ प्रतिशत रहेको छ भने नेपाली भाषीको संख्या सबैभन्दा अधिक ९५.१४ प्रतिशत रहेको भाषा आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *